अर्थमन्त्री महत र गभर्नर अधिकारी बिच भेटवार्ता
२१ चैत २०७९, मङ्गलवार
काठमाडौं । नेपाली बजारमा आइतवार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ । गत शुक्रवार सुनको मूल्य तोलाको १ लाख ९ हजार १०० रुपैयाँ तोकिएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा भने आइतवार सुनको कारोबार बन्द रहन्छ ।