फिलिपिन्सको सैन्य कारबाहीमा ७ विद्रोहीको मृत्यु

फिलिपिन्सको सेनाले मध्य फिलिपिन्समा आइतबार गरेको आक्रमणमा सात संदिग्ध वामपन्थी विद्रोहीलाई मारेको छ ।

फिलिपिन्सको सैन्य कारबाहीमा ७ विद्रोहीको मृत्यु

काठमाडौं । फिलिपिन्सको सेनाले मध्य फिलिपिन्समा आइतबार गरेको आक्रमणमा सात संदिग्ध वामपन्थी विद्रोहीलाई मारेको छ । सेनाका क्याप्टेन जेफरसन मारियानोले बताएअनुसार गाउँलेहरूले त्यहाँ विद्रोहीहरूको  आएको खबर दिएपछि सेनाले उत्तरी समर प्रान्तमा न्यु पिपुल्स आर्मी ९एनपीए० लुकेको ठाउँमा आक्रमण गरेको थियो।
 उनीहरूबाट  सेनाले गोला बारुद बरामद गरेको छ।
एनपीए विद्रोहीहरू सन् १९६९ देखि सरकारविरुद्ध लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गरेका छन्।
 सैन्य तथ्याङ्क अनुसार एनपीएमा  करिब २,००० सदस्यहरू छन् । रासस

खबरपाटी
खबरपाटी