वर्षाबाट उत्तरपश्चिम पाकिस्तानमा कम्तीमा ४ जनाको मृत्यु, कैयौं घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु हुनाका साथै अन्य  थुप्रै घाइते भएका छन् ।

वर्षाबाट उत्तरपश्चिम पाकिस्तानमा कम्तीमा ४ जनाको मृत्यु, कैयौं घाइते

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु हुनाका साथै अन्य  थुप्रै घाइते भएका छन् ।  प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण ९पीडीएमए० ले मङ्गलबार जनाएअनुसार विगत २४ घण्टामा प्रदेशका विभिन्न स्थानमा वर्षाका कारण आएको बाढी र चट्याङबाट भएका दुर्घटनामा परी दुई बालबालिकाको मृत्यु भएको छ ।
स्थितिको अनुगमन भइरहेको र बन्द सडक खोल्नका लागि पहल भइरहेको पीडीएमएले जनाएको छ ।
यसअघि प्रदेशमा वर्षा, असिना र बाढीपहिरोबाट बच्न पूर्वतयारी अपनाउछन सम्बन्धित निकाय र जिल्ला प्रशासनलाई पीडीएमएले निर्देशन दिएको थियो ।रासस

खबरपाटी
खबरपाटी