मङ्गोलियामा ३५९,५०० हेक्टर जङ्गल डढेलोबाट नष्ट

मङ्गोलियामा यस वर्षको शुरुदेखि  छुट्टाछुट्टै ४९ ठाँउका जङ्गल र मैदानमा लागेको डढेलोबाट ३५९,५०५ हेक्टर जङ्गल र घाँसे मैदान नष्ट भएको   ।

मङ्गोलियामा ३५९,५०० हेक्टर जङ्गल डढेलोबाट नष्ट

काठमाडौं । मङ्गोलियामा यस वर्षको शुरुदेखि  छुट्टाछुट्टै ४९ ठाँउका जङ्गल र मैदानमा लागेको डढेलोबाट ३५९,५०५ हेक्टर जङ्गल र घाँसे मैदान नष्ट भएको   । राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले मङ्गलबार जनाएकोअनुसार यसबाहेक  २० वटा घर र एउटा गाडी जलेको छ । त्यस्तै ३,२७३ पशुपन्छी जङ्गलमा लागेको आगोमा मारिएको नेमाले जनाएको छ ।
आपतकालीन एजेन्सीले आगलाघिको प्रमुख कारण लापरबाही भएको बताएको छ, । नागरिकहरूलाई खुलास्थानमा आगो बाल्न  र जथाभावी चुरोटका ठुटा नफाल्न आग्रह गरेको छ।
यस्तै मङ्गलबारसम्म अग्नि नियन्त्रकहरूले पूर्वी प्रान्त डोर्नोडको चोइबाल्सन र बुल्गान सोम्स ९प्रशासनिक उपविभागहरू० मा दुईवटा मैदानको आगो नियन्त्रण गर्न काम गरिरहेको जनाएका छन् ।”रासस

खबरपाटी
खबरपाटी