पाकिस्तानको विद्यालयमा गोली चल्दा पाँच शिक्षकसहित सातजनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयमा सुन्नी–शिया समुदायबीचको साम्प्रदायिक तनावका कारण बिहीबार पाँच शिक्षक र दुई मजदूरको गोली हानी हत्या गरिएको प्रहरी र सरकारी अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानको विद्यालयमा गोली चल्दा पाँच शिक्षकसहित सातजनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयमा सुन्नी–शिया समुदायबीचको साम्प्रदायिक तनावका कारण बिहीबार पाँच शिक्षक र दुई मजदूरको गोली हानी हत्या गरिएको प्रहरी र सरकारी अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानको पूर्व आदिवासी क्षेत्रको कुर्रम जिल्लाका प्रहरी प्रमुख मोहम्मद इमरानले एएफपीसँग भन्नुभयो, “दुई आक्रमणकारी विद्यालयभित्र पसी आक्रमण गरेका छन् । आक्रमणपूर्व उनीहरूले शिया समुदायको पहिचान गरी र गोली चलाउनुअघि उनीहरूलाई बाहिर पठाएका थिए ।” 

इस्लाम धर्मावलम्बीको सुन्नी सम्प्रदायका एक व्यक्तिको कारमा मृत्यु भएपछि उक्त आक्रमण भएको बताउँदै स्थानीय अधिकारीहरूले जिल्लामा शान्ति बहालीका लागि दुवै समुदायसँग कुराकानी गरिरहेको उहाँले बताउनुभयो । 

साम्प्रदायिक हिंसाको लामो इतिहास रहेको शिया कुर्रम जिल्लाको मुख्य शहर पाराचिनारका एक वरिष्ठ सरकारी अधिकारी अमिर नवाजले घटनाको पुष्टि गर्नुभएको छ । 

पाकिस्तानको २२ करोडभन्दा बढी जनसङ्ख्याको करिब २० प्रतिशत शिया मुसलमान छन् । रासस

खबरपाटी
खबरपाटी