दक्षिणी यमनमा सडक किनारमा भएको बम आक्रमणमा परी २ सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त अब्यानमा शुक्रबार सैनिक एम्बुलेन्सको छेउमा सडक किनारमा बम विस्फोट हुँदा दुई सैनिकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएको एक सुरक्षा अधिकारीले सिन्ह्वालाई जानकारी दिएका छन् ।

दक्षिणी यमनमा सडक किनारमा भएको बम आक्रमणमा परी २ सैनिकको मृत्यु

काठमाडौं । यमनको दक्षिणी प्रान्त अब्यानमा शुक्रबार सैनिक एम्बुलेन्सको छेउमा सडक किनारमा बम विस्फोट हुँदा दुई सैनिकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएको एक सुरक्षा अधिकारीले सिन्ह्वालाई जानकारी दिएका छन् ।

स्थानीय अधिकारीले नाम नभन्ने शर्तमा बताएअनुसार अल–कायदा लडाकुसँगको झडपमा घाइते भएका यमनी सरकारी सेनाका सिपाहीलाई बोकिरहेको एमबुलेन्समाथि बम विस्फोट गराएको थियो ।

विगत केही हप्तामा अब्यानमा सडक किनारमा भएका बम आक्रमणको यो पछिल्लो घटना हो । यमनका अधिकारीले यमनमा रहेको अल–कायदा इन अरेबियन पेनिन्सुला ९एक्यूएपी० आक्रमणको पछाडि रहेको आरोप लगाएका छन् ।

यसलाईलाई अल–कायदाको सबैभन्दा खतरनाक शाखाको रूपमा लिइन्छ र यमनमा वर्षौंदेखि यो सक्रिय छ । यो समूहले यमनको गृहयुद्धको नाजायज फाइदा उठाएको छ ।चार्ल्स  तृतीयद्वारा राजमुकुट ग्रहण
चार्ल्स  तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट ग्रहण गर्नुभएको छ । उहाँलाई क्यान्टरक्युरी जस्टिन वेलबाईका आर्कशपले सेन्ट एड्वार्डज क्राउन शनिबार बेलायती नरेश चार्ल्सको शिरमा राज्याभिषेक समारोहबीच पहिराइदिनुभएको हो । 

राजा चार्ल्स  तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुनुहुन्छ ।  यसअघि चार्ल्स  द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिनुभएको थियो । 

उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उहाँको राज्याभिषेकमा पहिरिनुभएको थियो । 

सोही समारोहमा आर्कविशपले रानी कमिलालाई ‘क्वीन मेरीज’ नामक ताज पहि¥याइदिनुभएको थियो । 

उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो ।

वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चाल्र्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिनुभएको थियो । 

समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए जहाँ बाइबलको एक अंश वाचन गरिएको थियो । सरकार प्रमुखको रूपमा बाइबलका पवित्र श्लोकहरू बेलायती प्रधानमन्त्री ऋषि सुनकले बाचन गर्नुभएको थियो । उहाँ हिन्दू हुनुहुन्छ ।

पत्नी रानी कमिलाका साथ राजा चार्ल्स  बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा मध्य लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत उहाँहरूको स्वागत गरेको थियो ।  सवारीका समय शहरको सुरक्षालाई मध्यनजर गर्दै झण्डै १२ हजार प्रहरी अधिकारीलाई तैनाथ गरिएको थियो ।

राज्याभिषेकको परेडलाई प्रत्यक्षरूपमा हेर्न मानिसहरू अनुकूल स्थान सुनिश्चित गर्नका लागि विहान सबेरैदेखि सडकमा कुरेर बसेका थिए ।

वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि उहाँहरू पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ जानुहुनेछ ।  रासस  रासस

खबरपाटी
खबरपाटी