पुणेको सजावट सामग्रीको गोदाममा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु

महाराष्ट्रको पुणेको वाघोली क्षेत्रमा शुक्रबार अबेर राति सजावट सामग्रीको गोदाममा भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ ।

पुणेको सजावट सामग्रीको गोदाममा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु

काठमाडौं । महाराष्ट्रको पुणेको वाघोली क्षेत्रमा शुक्रबार अबेर राति सजावट सामग्रीको गोदाममा भएको भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ ।

आगो तत्कालै दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।

“पुणेको वाघोली क्षेत्रमा हिजो राति सजावट सामग्रीको गोदाममा आगलागी हुँदा तीन जनाको मृत्यु भएको भएको र आगो तुरुन्तै नियन्त्रणमा ल्याइएको थियो”, अधिकारीले भनेका छन् ।
आगलागीको कारण भने खुल्न सकेको छैन । यस बारे अनुसन्धान जारी छ ।  रासस

खबरपाटी
खबरपाटी