संसद्‌को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

संसद्‌को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । संघीय संसद्‌को बजेट अधिवेशन आज ९आइतबार०देखि सुरु हुँदैछ। मन्त्रिपरिषद्‌को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको आह्वानअनुसार संघीय संसद्‌का दुवै सदन ९प्रतिनिधि सभा र राष्ट्रिय सभा०को अधिवेशन आइतबारदेखि सुरु हुन लागेको छ। 

संघीय संसद्‌ सचिवालयले अधिवेशनका लागि क्यालेन्डर तयार पारेको छ। कार्यव्यवस्था समितिमा छलफल गरी क्यालेन्डरलाई अन्तिम रुप दिइने जाइएको छ। 

संसद् सचिवालयले बजेट पेस हुनुअघि नै सक्नुपर्ने प्रि–बजेट छलफलको तालिका तयार पारेको हो। प्रि– बजेट छलफल र नीति तथा कार्यक्रमपछि सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट पेस गर्नेछ। 

अधिवेशनको पहिलो दिन आज (आइतबार) दिउँसो ४ बजे दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधि सभा बैठकका सम्भावित ५ वटा कार्यसूची छन्। 

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले संसद् अधिवेशन आह्वानसम्बम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनेछन्। यस्तै, मन्त्रीहरु नियुक्तसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाउनेछन्। 

यस्तै, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको मनोनयन गर्ने कार्यसूची छ। आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ पेस गर्नेछन्। 

आइतबारको बैठक अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०र०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धनमा ९कर प्रस्ताव बाहेक०माथि छलफल गरियोस्’ भनी प्रस्तताव पेस गर्नेछन्।

खबरपाटी
खबरपाटी