अफिस आवरमा देखिएको काठमाडौं

यात्रुहरुले सास्ती भोगिरहेका छन् ।  कोचिएर यात्रा गर्न बाध्य छन् । केही पैदलै हिँडेर गन्तव्यमा जान बाध्य छन् । सार्वजनिक बाहेकका यातायातका साधन भने निर्वाध चलिरहेका छन् ।

अफिस आवरमा देखिएको काठमाडौं

आस्था शर्मा/काठमाडौं । आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार आह्वान गरेको सार्वजनिक यातायात बन्द काठमाडौंको सडकहरुमा व्यापक देखिएको छ । 

साधारण मात्रामा मात्र बस, माइक्रो बस र ट्याक्सीहरु चलिरहेका छन् । राजधानीको सडकमा आवश्यक पर्ने गाडि भने पर्याप्त मात्रामा छैनन् ।

यात्रुहरुले सास्ती भोगिरहेका छन् ।  कोचिएर यात्रा गर्न बाध्य छन् । केही पैदलै हिँडेर गन्तव्यमा जान बाध्य छन् । सार्वजनिक बाहेकका यातायातका साधन भने निर्वाध चलिरहेका छन् ।

आज काठमाडौंका चोकचोकमा प्रहरीको सुरक्षा तैनाथी बढाइएको छ । प्रहरीले मोबाइल गस्ती पनि जारी राखेको छ ।

अफिस आवरमा कार्यलय आउँने समयमा खबरपाटी संवाददाता आस्था शर्माद्वारा कैद गरिएको केहि तस्विरहरु:

खबरपाटी
खबरपाटी