मविन शर्मा , नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा उप महानगरको परिसरमा निकै धूमधामका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
करिब ५०० जना भन्दा धेरैको सहभागिता रहेको उक्त र्यालीमा नारी र पुरुषहरूको समान सहभागिता थियो ।
बिहान ८ बजे देखि जमुना नाकाबाट सुरु भएको र्याली कार्यक्रम पुष्पलाल चोक हुँदै बसपार्क, पुरैनि, हदिया बाबा हुँदै रामलीला मैदानमा आएर एक जुट भएका थिए । कार्यक्रम महिलाको हक अधिकारको नाराहरू लेखिएका थिए भने कार्यक्रमको मूल आशय महिलाहरूलाई सुसूचित गरिनका लागि गरिएको कार्यक्रममा सहभागी एक महिलाले बत्ताइन ।
रामलीला मैदानमा नेपालगन्ज उपमहानगरमा राम्रो तथा प्रभावकारी काम गर्ने महिलाहरूलाई सम्मान समेत गरिएको थियो ।
र्याली बाट सुरु भएको महिला दिवसको कार्यक्रममा नेपालगन्ज संवाददाता मविन शर्माको क्यामेरामा कैद केही तस्बिरहरू: