सांसद चन्द्र भण्डारीकी आमाको निधन

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका सांसद् डा. चन्द्र भण्डारीकी आमा हरिकलाको निधन भएको छ ।

सांसद चन्द्र भण्डारीकी आमाको निधन

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका सांसद् डा. चन्द्र भण्डारीकी आमा हरिकलाको निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत ८६ वर्षीया हरिकलाको बिहीबार अपरान्ह निधन भएको हो ।

गएराति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर सांसद् भण्डारीसहित आमा हरिकला पनि घाइते भएका थिए । हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको थियो । 

घाइते नेता डा। भण्डारीलाई नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न अस्पतालले सुझाव दिइसकेको छ । उनको अनुहार, दुवै हात र गोडामा २५३० प्रतिशत जलेको छ । 

खबरपाटी
खबरपाटी