काठमाडौं । जनकपुरधाममा व्यापार व्यवसायी अगाडि बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरिएको छ । जनकपुर वाणिज्य संघले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाई अर्थ व्यवस्थालाई उकास्न उक्त व्यापार मेलाको आयोजना गरिएको हो ।
शुक्रबार सुरु भएको मेला यही फागुन १४ गतेसम्म संचालन हुने छ । मेलामा सार्क राष्ट्रमध्ये नेपाल, भारत, पाकिस्तान र बंगलादेशका व्यापारीहरुले आफ्नो उत्पादनहरु विक्रीको लागिका लागि स्टल राखेका छन् । आयोजकले प्रत्येक स्टलबाट क्षेत्रफलको हिसाबले २५ हजारदेखि ४० हजार रुपैयासम्म शुल्क लिएको जनाएको छ । त्यसैगरी, आयोजकले व्यापार मेलाको अवलोकल गर्ने सर्वसधारणबाट १० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ । मेलामा १ सय ५० स्टल राखिएको छ ।
मेलामा चार प्राङ्गग्रे सवारी सधानदेखि मोटरसाइकल, ट्रयाक्टर, कार, ई–रिक्सा, इलेक्ट्रोनिक साइकल, मिथिला पेन्टिङ्गका समानहरु, कम्पयुटर, कपडाहरुलगायतका घरायसी समानहरु विक्रीका लागि स्टल राखिएको छ ।