काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित भएकी छन् । नेपालगन्जमा शुक्रबार सम्पन्न भएको संघको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
दुई प्यानल बनाएर निर्वाचनमा गएका कर्मचारीहरूले केसीलाई अध्यक्ष चुनेका हुन् । वरिष्ठ उपाध्यक्षमा सुमन घले, उपाध्यक्षमा ध्रुवप्रसाद खनाल र महिला उपाध्यक्षमा पार्वती राई निर्वाचित भए भने महासचिवमा कुमार बस्नेत, उपमहासचिवमा गोपीकृष्ण निरौला, सचिवमा शैलेन्द्र श्रेष्ठ र मीनप्रसाद पोखरेल र कोषाध्यक्षमा रामकृष्ण घिमिरे चयन भएका छन् ।
निर्वाचन अधिकृत महेन्द्र राईका अनुसार सदस्यमा रेखा बस्नेत, विमला कार्की, सानुराजा केसी, दोवे तामाङ, पूर्णकुमार योञ्जन, अजुनबहादुर कार्की, ब्रम्हदेव यादव, विष्णुलाल श्रेष्ठ, अश्विनीकुमार अधिकारी, प्रविन रानामगर, भीमलाल बिक, ढाकादेवी पराजुली र दुर्गा बस्नेत चयन भएका छन् ।
३५ सदस्यीय कार्यसमितिमा प्रदेश समितिका अध्यक्षहरू केन्द्रीय समितिमा पदेन उपाध्यक्ष रहनेछन् भने केन्द्रीय समितिले पाँच जना मनोनीत गर्ने व्यवस्था कर्मचारी संघको विधानमा छ । शुक्रबारै पद हस्तान्तरण गरिएको समितिको भनाई छ ।