त्रि.बी क्रिकेट मैदानबाट मंगलबार बिहानको ताजा अपडेट

त्रि.बी क्रिकेट मैदानबाट मंगलबार बिहानको ताजा अपडेट

काठमाडौं । एसीसीले फाइनल खेलका लागि रिजर्भ डेको व्यवस्था गरेकाले सोमबार खेल पूरा हुन नसकेको कारण सोमबार जुन अवस्थामा खेल रोकिएको हो त्यसै अवस्थाबाट मंगलबार खेल हुनेछ । यसअनुसार अब हिजो सोमबार खेल हुन नसकेकोले आज मंगलबार यूएईले २७ ओभर ३ बलमा ९ विकेटमा १०६ रन बनाएको अवस्थाबाट फेरि खेल्न सुरु गर्नेछ । त्यसपछि उसले दिने लक्ष्य पछ्याउन नेपालले ब्याटिङ गर्नेछ । 

वर्षाका कारण रोकिएको खेल मंगलबार पुराहुने सम्भावना उच्च रहेको छ । मंगलबार किर्तिपुरमा मौसम खुल्दै गएको देखिन्छ । थोरै भएपनि घाम उदाउने संकेत देखिएको छ । त्रिपालले छोपिएको मैदानमा एक एक गरी कभरहरु हटाईदै छ । सुपर सोपरको प्रयोग गरी मौदानको पानी धमाधम सुकाईदै छ भने करिब करिब एक हजारको हाराहारीमा दर्शकहरु पनि आइसकेका छन् ।  

आज पनि खेल हुन नसकेको अवस्थामा सुपर ओभरका लागि समय बचे सुपर ओभरबाट विजेताको निर्णय हुनेछ । यदि खेल सुपर ओभरमा गए सोमबार नेपाली बलरले गरेको घातक बलिङ खेर जानेछ ।

सुपर ओभर हुँदा यूएई र नेपालले समान अवसर पाउन सक्छन् । एक ओभरको सुपर ओभरमा जे पनि हुन सक्छ । यदि पहिलो सुपर ओभरमा नतिजा नआए दोस्रो सुपर ओभर हुनेछ ।

तर, यसपछि पनि खेलको नतिजा आउन नसके आईसीसी वरीयताका आधारमा विजेता घोषणा गरिनेछ । यस्तो बेला भने नेपाललाई फाइदा हुनेछ । किनकी नेपाल हाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा १४ औंँ स्थानमा छ, जबकि यूएई १९ औँ स्थानमा । 

खबरपाटी
खबरपाटी