खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । साफ यु-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज आइतबार रसियाको सामना गर्दैछ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले युरोपियन टोली रसियासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र रसियाबीचको खेल राति ७ बजे सुरु हुनेछ ।
नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले भुटानलाई ५-० ले हराएको थियो ।