चिनियाँ राजदूत र ओलीबीच भेटवार्ता

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

चिनियाँ राजदूत र ओलीबीच भेटवार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। शुक्रबार (आज) बालकोटमा उनीहरूबीच भेटवार्ता भएको हो।

उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको हो। राजदूत सोङले नेपालको राजनीति र राष्ट्रपति निर्वाचनबारे ओलीसँग जिज्ञासा राखेको स्रोतको भनाइ छ। 

राष्ट्रपति निर्वाचनका कारण सत्ता गठबन्धन संकटमा रहेको बेला राजदूत सोङ र ओलीबीच वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

आजमात्रै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको विषयमा टुंगो लगाउन बालकोट पुगेका थिए। उनले ओलीसँग राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने पुरानै प्रस्ताव दोहोर्‍याएका थिए। एमाले अध्यक्ष ओलीले पूर्वसहमतिको पालना गर्नुपर्ने अडान लिएका थिए। 
 

खबरपाटी
खबरपाटी