एक आस्था बोकेर आउँछन र नेपालको व्यवस्थापनलाई गाली गरेर जानछँन (फोटो फिचर)

विहान साढे ३ बजेबाट चार ढोका खोलिएको पशुपतिनाथमा लाइन बसेर भक्तिगर्नेहरुको घुईचो पनि उस्तै थियो । पशुपति विकास कोषका अनुसार महाशिवरात्रिका दिन पशुपतिनाथको मुख्य मन्दिरमा दर्शन गर्न १० लाख भक्तजनहरु आएका थिए ।

एक आस्था बोकेर आउँछन र नेपालको व्यवस्थापनलाई गाली गरेर जानछँन (फोटो फिचर)

काठमाडौं । महाशिवरात्रिको चहल पहल गौशाला क्षेत्रमा व्यापक देखिएको छ । स्वदेशी तथा विदेशी भक्तजनहरुको भक्तिभाव पशुपति क्षेत्रमा छताछुल्ल छलक्एिको देखिन्छ । पशुपति क्षेत्र फूल र झिलिमिलि बत्तिले पूरै झलमल्ल छ । 

विहान साढे ३ बजेबाट चार ढोका खोलिएको पशुपतिनाथमा लाइन बसेर भक्तिगर्नेहरुको घुईचो पनि उस्तै थियो । पशुपति विकास कोषका अनुसार महाशिवरात्रिका दिन पशुपतिनाथको मुख्य मन्दिरमा दर्शन गर्न १० लाख भक्तजनहरु आएका थिए ।  

व्रतालु भक्तजनहरु दिनभरी लाइनमा बसेर आकुल व्याकुल हुँदै दर्शन गर्दै थिए । पशुपति क्षेत्र जुन रुपले सजाइएको थियो त्यसअनुरुप व्यवस्थापन भने निकै फितलो देखिन्थ्यो । व्यवस्थापन गर्नका लागि गरिएको जस्तो मात्र देखिन्थ्यो । 

भक्तजनहरुको व्यापक घुइचोमा पनि पशुपति क्षेत्रमा रखिएको भण्डारणमा पनि उत्तिकै घुँइचो थियो । लाखौँ भक्तजनहरुलाई खानाको व्यवस्था त गरिएको थियो तर बसेर खान मिल्ने पद्धतीको व्यवस्थापन कस्ले गर्ने ? धेरै मान्छे हुँदा धेरै फोहोर हुन्छ भन्ने कुरामा ध्यान कहिले र कस्ले दिने ? भारतबाट दर्शनगर्न आएका भक्तजनहरुलाई पैवाको व्यास्थपन कहिले हुन्छ ? 

शिवरात्रिको आफ्नो मह्त्व आफ्नो ठाउँमा छ । यसै महत्वलाई विचार गरेर हिन्दु घर्मवालम्वीहरु पशुपति आउँछन । एक आस्था बोकेर आउँछन र नेपाललाई गाली गरेर जानछँन । मानिसहरु बाटोमा गाडिको ओत लागेर खाना पकाउन बाध्य छन् भने गर्मी सुरु नभइसकेको काठमाडौंको बाटोमा सुतिरहेको देखिन्छ । 

महाशिवरात्रिको व्यापकता बीच व्यवस्थापनका चुनौतीबारे खबरपटी संवाददाता आस्था शर्माद्धारा कैद केहि तस्विरहरु : 

खबरपाटी
खबरपाटी