वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउबालाई राष्ट्रपति बनाउन नहुने तर्क गरेका छन् । राष्ट्रपतिको निर्वाचनका बारेमा राजनीतिक दलहरुबीच रस्साकस्सी भइरहेको बेला बुधवार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले दलीय हिसाबले सभापतिलाई राष्ट्रपति बनाउने बिषय उपयुक्त भएपनि कार्यकारी भइसकेका ब्यक्तिलाई राष्ट्रपति बनाउन नहुने र्तक अघि सारेका हुन् ।
‘सभापतिलाई राष्ट्रपति बनाएर वरिष्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक दलीय दृष्टिले मेरो प्रस्ताव उचित’ महामन्त्री शर्माले भनेका छन, ‘तर कार्यकारी बनिसकेका कसैलाई पनि राष्ट्रपति बनाउनु अनुपयुक्त साथीहरूको यो विश्लेषण बढी परिपक्व छ ।’