गण्डकीका मुख्यमन्त्री अधिकारी खनिए प्रचण्डमाथि, अस्थिरता निम्त्याएको आरोप

कतिवेला के हुने हो थाहा छैन

गण्डकीका मुख्यमन्त्री अधिकारी खनिए प्रचण्डमाथि, अस्थिरता निम्त्याएको आरोप

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन् । राष्ट्रपति निर्वाचनमा प्रचण्डले एमालेलाई साथ दिन इन्कार गरेपछि मुख्यमन्त्री अधिकारीले उनलाई अस्थिरताको कारक भनेका छन् । उनले देशको राजनीतिक स्थिरताका लागि तेस्रो दललाई प्रधानमन्त्री बनाएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अधिकारीले पछिल्ला दिन भएको राजनीतिक परिवर्तनको हल्लासँगै देशको राजनीति कता जान्छ भन्ने केही थाहा नभएको बताए। ‘अहिले छिनछिनमा भइराखेको गठबन्धन र संरचना पनि परिवर्तन हुने हल्ला आउँछ । कतिवेला के हुने हो थाहा छैन,’ अधिकारीले भने, ‘पछिल्ला घटनाक्रमले देश झनै राजनीतिक अस्थिरतातिर जाने त होइन भन्ने चिन्ता छ । यसले मुलुकको समृद्धि कसरी होला ?

बिहीबार मात्र एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डको आलोचना गरेका थिए । ओलीले फागुन १ गते जनयुद्ध दिवस दिएकोमा आपत्ति जनाएका थिए । यसलाई गठबन्धन टुट्ने भनेर हल्ला चलिरहेका बेला शुक्रबार बिहान गण्डकीका मुख्यमन्त्री प्रचण्डमाथि खनिएका हुन् । अधिकारी एमाले नेता हुन् ।

खबरपाटी
खबरपाटी