पि.एन.जीले नेपाललाई दियो २०४ रनको लक्ष्य

एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पि.एन.जी लाई २०३ रनमा रोकेको छ

पि.एन.जीले नेपाललाई दियो २०४ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पि.एन.जी लाई २०३ रनमा रोकेको छ ।

टस जितेर फिल्डिङ्ग गर्ने निर्णय गरेको नेपाली टोलीका गुल्शन झाले तीन तथा सोमपाल कामी र एक दिवसीयमा डेब्यु गरेका प्रतिश जिसीले एक र कुशल मल्लले एक विकेट लिएका छन् । दिपेन्द्र ऐरीले कुनै पनि विकेट नलिए पनि सबैभन्दा कम खर्चिलने बलर उनै बनेका हुन ।

ऐरीले ९ ओभरमा १ मेडेन राख्दै जम्मा २२ रन खर्चिएका छन् ।   पीएनजीले अन्तिम पाँच ओभरमा ४३ रन जोडेको थियो ।

हिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनायो । सुरुको ३० ओभरमा १०० रन बनाएको पीएनजीले त्यसपछि २० ओभरमा १०३ रन बनाएको थियो ।

पीएनजीका लागि सातौँ नम्बरमा ब्याटिङ गरेका चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६/३६ रन बनाए । सपरले ५३ बल खेल्दै २ चौका मद्दतमा अविजित ३६ रन बनाएका हुन् ।

खबरपाटी
खबरपाटी