काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि १६ मन्त्रालय थपिएका छन् । एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् । एमालेबाट प्रचण्ड सरकारमा उपप्रधानमन्त्रीसहित ८ जना मन्त्री थिए ।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डमाथि १६ मन्त्रालयको जिम्मेवारी थपिएको हो । गत पुस १० को सहमतिअनुसार सरकारमा सामेल भएका दलहरूले सरकार छाडेपछि प्रधानमन्त्री प्रचण्डले अब १६ मन्त्रालयको जिम्मेवारी लिनुपर्ने भएको छ ।
राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डसँग आठ मन्त्रालय थिए । जसमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालय, उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय, सहरी विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय थिए ।
एमालेबाट अर्थ मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, महिला बालबालिका तथा जेष्ठ नागरिक र रक्षा मन्त्रालय छन् । अहिले प्रचण्ड नेतृत्वको सरकारमा माओवादी र जनमत पार्टी मात्रै रहेका छन्