यूएई माथी पीएनजीको सानदार जित, नेपालको सपना कायमै

युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ

यूएई माथी पीएनजीको सानदार जित, नेपालको सपना कायमै

काठमाडौं । घरेलु टोली यूएईलाई पपुवा न्यु गिनी(पीएनजी)ले सानदार रुपमा पराजित गरेको छ ।

यूएईमा जारी आईसीसी विश्वकप लिग टू सिरिज अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली पराजित भएको हो । 

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा घरेलु टोली १ सय ३१ रनको फराकिलो अन्तरले पराजित भएको हो । 
पीएनजीले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको यूएई ३४ ओभर २ बलमा अलआउट हुँदै १ सय ३१ रन मात्र जोड्यो ।
यूएईका लागि ओपनर मुहम्मद वासिमले सर्वाधिक २४ रन बनाउँदा वृत्य अरबिन्द र जाहोर खानले समान २३र२३ रन बनाए । 

आसिफ खानले २० तथा अलिशान सरफुले १४ रन बनाए ।

पीएनजीका लागि चाड सोपारले १० ओभरमा २५ रन खर्चिएर ५ विकेट लिए ।

राईली हिरुके,असद भाला,नर्मन भानुवा र सिमो कमियले समान १र१ विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ६२ रन बनायो । 

पीएनजीका लागि सेसे बाउ र टोनी उराले अर्धशतकीय ईनिङ खेले । बाउले ७६ बलमा ७४ रन बनाउँदा उराले ४३ बलमा ५१ रन बनाए । 

किप्लिन डोरिगाले ४२ रन बनाउँदा गौडी टोकाले २८ रन बनाए । कप्तान असद भालाले २३ रन बनाउँदा चाड सोपार १४ रनमा आउट भए । 

२ सय ३४ रनमा ४ विकेट गुमाएको पीएनजीले बाँकी ६ विकेट गुमाउँदा २८ रन मात्र बनायो ।

यूएईका लागि कार्तिक मैयप्पनले १० ओभरमा ४९ रन खर्चिएर ४ विकेट लिए ।

आर्यान लाक्राले ३ तथा जाहोर खानले २ विकेट लिए । रोहन मुस्ताफको नाममा १ विकेट रह्यो । 

जितसँगै पीएनजीको ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक भएको छ । पीएनजी अंक तालिकाको पुछारमा रहेको छ ।

युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।

खबरपाटी
खबरपाटी