खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । सर्वोच्च अदालतबाट अनुमति पाएका क्रिकेटर सन्दीप लामिछानेलाई यूएई पाठाउने तयारी गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई यूएई टूरमा पठाउने प्रयास भइरहेको बताए ।
सर्वोच्चले सोमबार मात्र लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार अब सन्दीपलाई लिग टूको त्रिकोणात्मक सिरिज खेल्न यूएई पठाउने प्रयास हुनेछ ।
रिप्लेसमेन्टमा पठाउने प्रयास गरिएको भन्दै उनले प्रक्रियागत रुपमा आईसीसीले अनुमति दिनुपर्ने बताए । लिग टूमा नेपालले नामिबिया र यूएईसँग त्रिकोणात्मक सिरिज खेल्दैछ ।