फुटबल टिमको प्रशिक्षकमा अल्बर्टो एनेस

फुटबल टिमको प्रशिक्षकमा अल्बर्टो एनेस

फुटबल टिमको प्रशिक्षकमा अल्बर्टो एनेस

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेसलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

विवादका बीच बुधबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले अल्बर्टोलाई प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै एन्फाले चैत ६ देखि १७ सम्म दशरथ रंगशालामा प्रधानमन्त्री थ्रीनेसन कप अन्तर्राष्ट्रय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका लागि साधारण प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजार रुपैयाँको टिकट मूल्य निर्धारण गरिएको छ ।

खबरपाटी
खबरपाटी