पूर्व राजादम्पती झापाबाट भारत भ्रमणमा

पूर्व राजादम्पती झापाबाट भारत भ्रमणमा

पूर्व राजादम्पती झापाबाट भारत भ्रमणमा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा रहेका छन् । उनी दुई दिनअघि पत्नी कोमलसहित झापाबाट भारत गएका हुन् ।

पूर्वराजाका संवाद सचिव फणीराज पाठकले पूर्वराजा भारतमा रहेको पुष्टि गरे । तर, भ्रमणको विस्तृत विवरण आफूसँग नरहेको बताए ।

पूर्व राजासँग उनका स्वकीय सचिव सागर तिमल्सिना पनि छन् । भ्रमणको उद्देश्य थाहा हुन सकेको छैन, यद्यपि राजनीतिक भेटघाटहरू हुनसक्ने बुझिएको छ ।

खबरपाटी
खबरपाटी