काठमाडौं । आईसीसी विश्वकप लिग(२ को अन्तिम तथा निर्णायक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमको घोषणा गरेको छ। घरेलु मैदानमा हुने त्रिकोणात्मक सिरिजका लागि मंगलबार राष्ट्रिय टिमको घोषणा गरिएको हो।
टियू मैदान कीर्तिपुरमा बिहीबारबाट नेपाल सहित युएई र पिएनजी समिलित देशहरुबिच त्रिकोणात्मक सिरिज हुँदै छ। नेपालले रोहित पौडेलको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको हो। टोलीमा यस अघि यूएई भ्रमणमा रहेका सन्दीप जोरालाई बैकल्पिकमा राखिएको छ।
यस त्रिकोणात्मक सिरिजमा तीन वटै टिमले समान २(२ खेल खेल्ने छन। बिहीबार नेपालले आफ्नो पहिलो खेलमा पिएनजी विरुद्ध प्रतिस्पर्धा गर्दै छ। त्यस्तै आइतबार युएईसँग खेल्दा सोमबार पिएनजीसँगको अन्तिम तथा समग्रमा तेस्रो खेल खेल्ने छ। सिरिजको अन्तिम खेलमा नेपालले १६ मार्चमा युएईसँग प्रतिस्पर्धा गर्ने छ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी।सी र सन्दीप लामिछाने।
वैकल्पिक खेलाडी:
सन्दीप जोरा, कमलसिंह ऐरी, मौसम ढकाल ९श्याम० र अर्जुन साउद