अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पुरुष ऐक्यबद्धता मार्च आयोजना सम्पन्न

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पुरुष ऐक्यबद्धता मार्च आयोजना सम्पन्न

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पुरुष ऐक्यबद्धता मार्च आयोजना सम्पन्न

काठमाडौं । आज ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा पुरुष ऐक्यबद्धता मार्च आयोजना गरिएको छ ।

सो अवसरमा युवालय लगायतका विभिन्न संघसंस्थाहरुले आयोजना गरेको पुरुष ऐक्यबद्धता मार्च भृकुटीमण्डपबाट शुरु भएर शहीदगेट, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर अन्त्य भएको थियो ।

मार्चपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नारी मुक्तिका लागि हरेक पुरुष प्रतिबद्ध हुन आवश्यक रहेको बताएका छन् । महिला–पुरुष बरीबरी नभएसम्म समृद्ध राष्ट्र नबन्ने भन्दै बस्नेतले महिला अधिकारका लागि पुरुष जागरण पनि उत्तिकै अपरिहार्य रहेको उल्लेख गरेका हुन् ।
सिविनका माधव प्रधान, युवालयका अध्यक्ष सन्तोष महर्जन लगाएत सञ्जिव अधिकारीले शुभकामना समेत व्यक्त गरेका थिए ।

खबरपाटी
खबरपाटी