अन्तिम सिरिजले ओडिआइ स्टाट्सदेखि विश्वकपको बाटो निर्धारण हुने

यस अन्तिम सिरिज नेपालको नेपालको लागि अत्यन्तै महत्वपूर्ण रहेको छ । यस सिरिजले नेपालको ओडिआई स्टाटस्देखि विश्वकप छनोटको बाटो निर्धारण गर्छ

अन्तिम सिरिजले ओडिआइ स्टाट्सदेखि विश्वकपको बाटो निर्धारण हुने

मविन शर्मा/काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक ओडिआई सिरिजमा बिहीबारदेखि काठमाडौंमा सुरु हुदैछ । अन्तिम सिरिजको पहिलो खेल नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग खेल्ने भएको छ।

यस अन्तिम सिरिज नेपालको नेपालको लागि अत्यन्तै महत्वपूर्ण रहेको छ । यस सिरिजले नेपालको ओडिआई स्टाटस्देखि विश्वकप छनोटको बाटो निर्धारण गर्छ ।  

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे शुरु हुने खेलमा अन्तिम सिरिज जित्दै शीर्ष तीनमा उक्लिएर नेपाल सीधै विश्वकप छनोट खेल्ने लक्ष्यका साथ उत्रनेछ।

घरेलु मैदानमा हुने यो शृंखलाका चारै खेल जितेमा नेपालले आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सीधै खेल्न पाउनेछ। नेपाल एक खेलमा पराजित भएमा भने प्लेअफ क्वालिफायर खेल्नु पर्नेछ।

सबै खेल जितेमा तेस्रो स्थानका लागि नेपालले युएई र नामिबियालाई पछि पार्न सक्ने देखिएको छ। नेपालले सबै खेल जितेमा नेपालको ४० अंक हुनेछ। ४० अंक हुँदा नेपालले शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्नेछ।

शीर्ष तीनमा पर्न नसके नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने ६ देश सम्मिलित प्लेअफ क्वालिफायरमा शीर्ष २ मा स्थान बनाउनु पर्ने हुन्छ। ​प्लेअफ क्वालिफायरको शीर्ष २ मा पनि पर्न नसके नेपालको विश्वकप छनोट खेल्ने सम्भावना समाप्त हुनेछ।

यस सिरिजको टप ५ मा नपरेको अवस्थामा नेपालले आफ्नो ओडिआइ स्टाट्स गुमाउने छ भने टप ५ टिमले ५ वर्षका लागि ओडिआइ मान्यता कायम राख्ने छ । 
घरेलु मैदानमा हुने अन्तिम सिरिजको ४ मध्य ४ खेल जितेको अवस्थामा ९ वर्षपछि नेपालले विश्वकप छनोटमा सिधा प्रवेश गर्नेछ । 

पछिल्लो समय लयमा देखिएको नेपालले हालसालै विश्व र्‍याङकिङमा २ स्थान सुधार गरेको छ । नेपाल विश्व र्‍याङकिङको १७ औँ स्थानमा उक्लिएको छ । 
यस सिरिजमा २७ खेल मात्र खेलेका सन्दिप लामिछानेको प्रदर्शन नेपालबाट उत्कृट देखिएको छ । उनले २७ खेलमा ६० विकेट हात परेर यस सिरिजको सर्वाधिक विकेट लिने वलरको दोस्रो स्थानमा रहेका छन् । 

पहिलो ओमानका बिलाल खान रहेका छन् । उनले ३५ खेलमा ७६ विकेट लिएका छन् । 

सन्दिपले यूएइमा भएको अन्तिम खेलको अन्तिम बलमा नयाँ विश्व किर्तिमान बनाएका थिए । सन् २०२० देखि २०२३ सम्म भएको यस सिरिज अन्तर्गत २७ खेलको हरेक खेलमा कम्तिमा पनि एक विकेट लिने उनी पहिलो खेलाडी बनेका हुन । यस अधि उक्त रेकर्ड अष्ट्रेलियाका ब्रेट लि ले सन् २००९ देखि २०११ सम्म २६ खेलमा लगातार विकेट लिएका थिए ।

सिरिजअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले ब्याटिङ र बलिङ दुवैलाई सशक्त बनाएर सिरिज ‘क्लिन स्विप’ गर्ने गरी खेल्ने बताएका छन्। मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि पूरै सोच र शक्ति बिहीबारको खेलमा लगाउने बताएका छन्।

खबरपाटी
खबरपाटी