वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । भारतबाट भित्रिने फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण पुन सुरु गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको छ । यसअघि विषादी परीक्षणको काम रोकिएको थियो।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव विषयगत समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ। साथै, बैठकले उक्त समितिबाट यथाशीघ्र क्याबिनेटमा फेरि पेस गर्ने निर्णय गरेको हो। क्याबिनेट बैठक बिहान ८ बजे बसेको थियो।
बैठकले सत्य निरूषण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक पनि बिहीबार प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ।