उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।

उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै


काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । उम्मेदवारबिरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि हिजो जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवबिरुद्ध उजुरी परेको थियो ।  नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता भएको थियो । उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ ।  
 

खबरपाटी
खबरपाटी