नेपालको तेस्रो विकट पतन

आइसिसी पुरुष विश्वकप लिग–२ को अन्तिम त्रिकोणात्मक शृंखलाअन्तर्गत युएईसँगको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालको तेस्रो विकट पतन

काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग–२ को अन्तिम त्रिकोणात्मक शृंखलाअन्तर्गत युएईसँगको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । 

नेपालले लगातार दुई ओपनरपछि कुशल मल्लको विकेट गुमाएको हो । दोस्रो ओभरको पाँचौं बलमा आसिफ शेख र पाँचौं ओभरको तेस्रो बलमा कुशल भुर्तेललाई गुमाएको हो । त्यस्तै सातौं ओभरको पहिलो बलमै कुशल मल्ल क्याच आउट भए । 

आसिफ बोल्ड आउट भए भने कुशल एलबीडब्ल्यु धरापमा परे । नेपालले अहिले ७.३ ओभरमा २२ रन बनाएर खेलिरहेको छ । अहिले भीम सार्की र कप्तान रोहितकुमार पौडेल क्रिजमा रहेका छन् । नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । 

खबरपाटी
खबरपाटी