काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलको पहिलो इनिङ्समा नेपालले २४८ रन हानेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले यूएइलाई २४९ रनको टार्गेट दिएको छ ।
तेस्रो खेलमा नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको हो। नेपालका लागि रोहित पौडेलले ७७, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४, भीम सार्कीले २९, कुशल मल्लले नौ र कुशल भुर्तेलले आठ रन बनाए।
यूएईका लागि अफजल खान, जवार फरिद,जहूर खान र रोहन मुस्तफाले दुई/दुई, आर्यन लक्रा र जुनैद सिद्दिकीले एक(एक विकेट लिए।
अहिलेसम्मको अंक तालिकामा नेपालले ३३ मध्ये १६ खेल जितेर ३४ अंक बटुलेको छ। आज जित हासिल गरेमा ३६ अंक बनाएर अमेरिकालाई पछ्याउँदै एकदिवसीय मान्यता जोगाउन सफल हुनेछ। अमेरिकाले सबै खेल खेलिसकेको छ भने ३५ अंक छ।
त्यस्तै, नेपालले विश्वकप क्वालिफायरमा छनोट हुन सबै खेल जित्नै पर्नेछ। तीनै खेल जितेमा नेपालले ४० अंक बटुलेर नामिबियालाई पछ्याउँदै विश्वकप क्वालिफायर खेल्न पाउनेछ। सबै खेल खेलिसकेको नामिबियाको ३९ अंक छ।
पहिलो खेलमा जित हात पारेको नेपाल आजको खेलमा पनि जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी९पीएनजी०लाई पराजित गरेको थियो ।
आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,गुलशन झा, रोहित पौडेल (कप्तान),भिम सार्की,दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल मल्ल,ललित नारायण राजवंशी,सोमपाल कामी र सन्दीप लामिछाने