खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग–२ को अन्तिम त्रिकोणात्मक शृंखलाअन्तर्गत युएईसँगको खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
चौथो विकेटको रुपमा नेपालले भीम सार्कीलाई गुमाएको हो । भीमले ३७ बलमा २९ रन हाने । सार्की र पौडेल मिलेर राम्रो साझेदारी गर्ने क्रममा उनी रोहन मुस्तफाबाट आउट भए ।
अहिले क्रिजमा नेपालबाट पौडेल र आरिफ सेख खेलिरहेका छन् । नेपालले २२ ओभरमा ४ विकेट गुमाएर ७७ रन बनाएको छ ।