राष्ट्रपति पौडेलको शपथग्रहण सोमवार १ बजे

राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहण सोमवार दिउँसो हुने भएको छ।

राष्ट्रपति पौडेलको शपथग्रहण सोमवार १ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहण सोमवार दिउँसो हुने भएको छ।राष्ट्रपति भवन शितल निवासमा सोमवार दिउँसो १ बजे  पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्ने उनको सचिवालयले जानकारी दियो। शपथग्रहण लगत्तै उनले पदभार ग्रहण गर्नेछन्। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथग्रहण गराउनुपर्नेछ। तर अहिले का.मुपधानन्यायाधीश भएका कारण का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुहुनेछ । 

खबरपाटी
खबरपाटी