ए डिभिजन लिगः थ्री स्टार विजयी

थ्री स्टार क्लवले शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लवको लगातार तीन खेलको अपराजित यात्रामा ब्रेक लगाएको छ ।

ए डिभिजन लिगः थ्री स्टार विजयी

काठमाडौंं । थ्री स्टार क्लवले शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लवको लगातार तीन खेलको अपराजित यात्रामा ब्रेक लगाएको छ ।

आदित्य शाक्यले खेलको अन्त्यतिर गरेको एक मात्र गोल मद्दतमा दशरथ रंगशालमा भएको खेलमा थ्री स्टारले सातदोबाटोलाई १-० ले हरायो ।

आदित्यले ८९ औं मिनेटमा अन्जल महर्जनको कर्नरलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

जारी लिगमा दोस्रो जित निकालेको थ्रीस्टार चार खेलबाट ७ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । जावलाखेल समान ७ अंक भए पनि थ्रीस्टार गोल अन्तरमा पछि रहेको छ ।

खबरपाटी
खबरपाटी