नेपाल एएफसी यु २० महिला एशियन कप छनोटको दोस्रो चरणमा

नेपाल एएफसी यु २० महिला एशियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

नेपाल एएफसी यु २० महिला एशियन कप छनोटको दोस्रो चरणमा

काठमाडौं ।  नेपाल एएफसी यु २० महिला एशियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट अन्तर्गत समूह बी को विजेता बन्दै नेपालले दोस्रो चरणमा प्रवेश गरेको हो । 
फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा आर्इतवार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६-० ले पराजित गरेको छ ।

नेपालको जितमा दिपा शाहीले दुई गोल गरिन् । सरस्वती हमाल, सारा बज्राचार्य र जेनिफर रानाले एक एक गोल गरिन्।

नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा एक गोल गरेको थियो ।

 

खबरपाटी
खबरपाटी