राष्ट्रपति पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै

राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार (आज) शपथग्रहण गर्दै हुनुहुन्छ ।

राष्ट्रपति पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार (आज) शपथग्रहण गर्दै हुनुहुन्छ । राष्ट्रपति भवन शितल निवासमा सोमवार (आज) दिउँसो १ बजे नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुहुने भएको हो । शपथग्रहण लगत्तै उहाँले पदभार ग्रहण गर्नुहुनेछ । 
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथग्रहण गराउनुपर्नेछ। तर अहिले का.मुपधानन्यायाधीश भएका कारण का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुहुनेछ । नव निर्वाचित राष्ट्रपति पौडेललाई कार्यभार जिम्मा लगाउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि शितलनिवास छोड्नुहुने । 

खबरपाटी
खबरपाटी