ए डिभिजन लिगमा आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् ।

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल दशरथ रंगशालामा हुनेछ । च्यासलमा हुने खेलमा हिमालयन शेर्पा क्लव र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ । हिमालयन र खुमलटारबीचको खेल दिउँसो साढे २ बजे शुरु हुनेछ ।

यस्तै रंगशालामा सातदोबाटो युथ क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । सातदोबाटो र थ्री स्टारबीचको खेल साँझ ५ः३० बजे शुरु हुनेछ ।

सातदोबाटो लगातार चौथो जित निकाल्ने योजनामा रहेको छ ।  

खबरपाटी
खबरपाटी