कस्तो रहनेछ आज दिनभरको मौसम

देशको पहाडी भूभागका केही स्थानहरुमा आंशिदेखि सामान्य बदली रही बाँकी भूभागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौं । देशको पहाडी भूभागका केही स्थानहरुमा आंशिदेखि सामान्य बदली रही बाँकी भूभागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।  आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा  एकदुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।  

खबरपाटी
खबरपाटी