वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौंं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवान्युगिनी (पीएनजी) बिरुद्ध दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि ललितनारायण राजवंसीले चौथो ओभरको चौथो बलमा किप्लिन दोरिगालाई बोल्ड गराएका हुन् । दोरिगा २ रन बनाएर आउट भए । त्यस्तै दोस्रो विकेटका रुपमा हिरिहिरीलाई सोमपाल कामीले आउट गराए । सोमपालले सातौं ओभरको पाँचौं बलमा करण केसीबाट क्याच आउट गराएका हुन् ।
सिरिजको दुई खेलमा सहज जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको नेपाललाई आजको खेलमा जित निकाल्ने दबाब छ । आजको खेलमा सहज जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राख्नेछ ।