नेपालले टस जितेर फिल्डिङ रोज्यो, गुल्शन र ज्ञानेन्द्र बेन्चमा

आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवान्युगिनी (पीएनजी) सँग खेल्दैछ ।

नेपालले टस जितेर फिल्डिङ रोज्यो, गुल्शन र ज्ञानेन्द्र बेन्चमा

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवान्युगिनी (पीएनजी) सँग खेल्दैछ । नेपालले आज टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । नेपालले टप ११ मा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, सोमपाल कामी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, करण केसी, भीम सार्की, आरिफ सेख, कुशल मल्ललाई समेटेको छ । गुल्सन झा र ज्ञानेन्द्र मल्ल आज बेन्चमा रहेका छन् । 
त्रिकोणात्मक सिरिजको चौथो खेलमा घरेलु टोली र पपुवान्युगिनीबीच पतिष्पर्धा हुन लागेको हो । खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुनेछ । खेल बिहान ९ः३० बजे शुरु हुनेछ । विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ। घरेलु मैदानमा ८ एकदिवसीय अन्तर्राष्ट्रियमा अपराजित नेपाल आफनो नवौं खेललाई समेत स्मरणिय बनाउन चाहान्छ । नेपालले विश्वकप लिग टुुको अन्तिम खेलमा मार्च चैत २ मा युएईसँग खेलेर गि टुको अन्त्य गर्नेछ ।

खबरपाटी
खबरपाटी