खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार नेपाल पुलिस क्लवलाई २(१ गोल अन्तरले हराउँदै मछिन्द्रले पहिलो जित निकालेको हो ।
मछिन्द्रको जितमा डेब्यु खेलाडी आफिज ओलावालेले दुई गोल गरे । पुलिसका अन्जन राईले एक गोल गरे ।
मछिन्द्रले एक गोलको अग्रता उल्टाएर पुलिसबिरुद्ध जित निकालेको हो ।
खेलको नवौं मिनेटमा अन्जनले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । रबि पासवानको क्रसमा अन्जनले हेडरमार्फत गोल गरे ।
तर, खेलको २० औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई १-१ गोलको बराबरीमा ल्याए । अविशेक गुरुङको प्रहार पुलिसका गोलकिपर संजित श्रेष्ठले रोकेपछि आएको रिबाउन्डमा ओलावालेले गोल गरे ।
त्यसपछि खेलको ४० औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २-१ को जित दिलाए ।