लिजेन्ड्स लिग क्रिकेटमा नेपालका पारस खड्का आवद्ध टोलीको दोस्रो जित

लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) मा नेपालका पारस खड्का आवद्ध एशिया लायन्सले लगातार दोस्रो जित हात पारेको छ ।

लिजेन्ड्स लिग क्रिकेटमा नेपालका पारस खड्का आवद्ध टोलीको दोस्रो जित

काठमाडौं । लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) मा नेपालका पारस खड्का आवद्ध एशिया लायन्सले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा शुक्रवार इण्डियन महाराजलाई हराएको एशिया लायन्सले आफ्नो दोस्रो खेलमा वर्ल्ड जायन्ट्सलाई ३५ रनले हराएको हो ।

जितका लागि एक सय रनको लक्ष्य पाएको वर्ल्ड जायन्ट्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ६४ रन मात्रै बनायो । उसका क्रिस गेलले सर्वाधिक २३ रन तथा लेन्डल सिमन्सले १४ रन बनाए । दोहामा टस हारेर पहिला ब्याटिङ गरेको एशियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनाएको थियो ।

एशियाका मिस्बाह उल हक ४४ तथा तिलकरत्ने दिलशान ३२ रनमा अविजित रहे । मैदान भिजेका कारण गए रातिको खेल निर्धारित समयभन्दा झण्डै तीन घण्टापछि शुरु हुँदा १० ओभरमा झारिएको थियो । एसिया लायन्सले पहिलो खेलमा इन्डिया महाराजलाई ९ रनले हराएको थियो ।

खबरपाटी
खबरपाटी