सभामुख घिमिरे र बहराइनका समकक्षीबीच भेटवार्ता

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेट गरेका छन्।

सभामुख घिमिरे र बहराइनका समकक्षीबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग भेट गरेका छन्। 

अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं महासभामा भाग लिन मनामामा  घिमिरेले बहराइनका सभामुख मुसलामसँग सोमबार भेट गरेका हुन्। 
सभामुख घिमिरेले आईपीयुको १४६ औं महासभा सफलतापूर्वक सञ्चालन गरेकोमा बहराइनको संसद्, बहराइन सरकार र सभामुखलाई धन्यवाद दिए। उनले नेपाली नागरिकलाई विभिन्न पेशामा रोजगारी प्रदान गरेकोमा बहराइन सरकारलाई धन्यवाद दिए।  सभामुख घिमिरेले नेपाल–बहराइन सिधा उडान हवाई उडान, नेपालमा जलविद्युत् लगायतका क्षेत्रमा लगानी र बहराइनको दूतावास काठमाडौंमा खोल्ने वातावरण बनाउन ध्यानाकर्षण गराएका थिए । 

खबरपाटी
खबरपाटी