कस्तो रहनेछ आजको मौसम ?

आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागहरूमा आंशिक बदली रहने जल ता मौसम विज्ञान विभागले जनाएको छ।

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागहरूमा आंशिक बदली रहने जल ता मौसम विज्ञान विभागले जनाएको छ। देशका  पहाडी भूभागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेश लगायत तराईका एकदुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ। आाज राति देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, वगमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

खबरपाटी
खबरपाटी