यु २० महिला एशियन कप छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली टोली स्वदेश फिर्ता

एएफसी यु २० महिला एशियन कप छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली टोली स्वदेश फर्किएका छन् ।

यु २० महिला एशियन कप छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली टोली स्वदेश  फिर्ता

काठमाडौं । एएफसी यु २० महिला एशियन कप छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली टोली स्वदेश फर्किएका छन् । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट दोस्रो चरणमा पुग्न सफल नेपाली टोली मंगलवार बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई एन्फाका प्रवक्ता सुरेश शाह, महिला कमिटिका संयोजक तथा  एन्फा सदस्य सरिला श्रेष्ठले स्वागत गरेका थिए ।छनोटको समूह बी मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

खबरपाटी
खबरपाटी