वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । खानेपानीमन्त्री अब्दुल खान अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वर्ल्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन त्यसतर्फ जानुहुने भएको छ ।
मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले न्यूयोर्कमा आगामी चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको खानेपानीमन्त्री खानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को आजको बैठकले अमेरिकामा आयोजना हुने वर्ल्ड वाटर कन्फ्रेन्समा सहभागी हुन खानेपानीमन्त्रीलाई स्वीकृति दिएको छ ।”
मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय र वन मन्त्रालयल सम्बन्धी पनि विभिन्न निर्णय गरेको मन्त्री खानले बताउनुभयो । रासस