खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले संघर्षपूर्ण जित निकालेको छ। सोमवार राति भएको खेलमा एट्लेटिकोले जिरोनालाई १–० गोल अन्तरले हरायो ।
गोलरहित बराबरीको अवस्थामा पुगेको खेलको इन्ज्युरी समयमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई १–० को जित दिलाए।
सोमवार रातिको जितसँगै एट्लेटिकोले महत्वपूर्ण ३ अंक जोडेको छ। २५ खेलबाट ४८ अंक जोड्दै एट्लेटिको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। जिरोना ३० अंक जोडेर १२औं स्थानमा रहेको छ ।