हेटौँडामा गाडीको ठक्करबाट महिलाको मृत्यु

पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

हेटौँडामा गाडीको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमाआज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नंको हात्ती गाडीले ठक्कर दिँदा पैदलयात्री हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएकी ती महिलालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । महिलाको शव हाल हेटौँडा अस्पतालमा राखिएको र घटनाबारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनु भयो । रासस

खबरपाटी
खबरपाटी