वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । हाल गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू(भागहरूमा आँशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भूभागहरूमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जनर चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भूभागहरूमा आंशिकदेखिसामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, वागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।